काठमाडौं । नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ।
जेन–जी आन्दोलनका क्रममा आगलागीबाट घाइते भएकी चित्रकारलाई सोमबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ।
उनको फोक्सोमा संक्रमण बढेपछि थप उपचार आवश्यक भएका भारत लगिएकाे हाे ।
डाक्टरका अनुसार उनको शरीरको १७ प्रतिशत भाग जलेको थियो। नेपालमा उपचारका क्रममा उनको देब्रे हात काटिएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा सुधार भए पनि निमोनिया सुंक्रमण बढेपछि उनलाई दिल्ली लगिएको हो।