शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विस्तारसँगै मन्त्रिपरिषद् ८ सदस्यीय बन्याे

मंगलबार, असोज ७ २०८२

काठमाडौं । नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, विज्ञ मदन परियारलाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेकी थिइन् ।

मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । विस्तारसँगै मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ ।