शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो २ घन्टा बन्द रहने

सोमबार, असोज ६ २०८२

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घन्टा बन्द रहने भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार, तुइनखोलामा खसेको पहिरो हटाउन दुई घन्टा सडक बन्द गर्न लागिएको हो। यहाँको पहिरो ४५ घन्टापछि आइतबार अपराह्नदेखि एकतर्फी रूपमा सडक खुला गरिएको थियो।

थप पहिरो हटाएर सडक पूर्णरूपमा दुईतर्फी सञ्चालनमा ल्याउने तयारी भइरहेकाले जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयअनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द रहनेछ।