खुला प्रतिस्पर्धाबाट स्वास्थ्य मन्त्रालयको नेतृत्वसम्म
नामजस्तै खुलाबाट ‘कौशल’ देखाउँदै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेकी डा. संगीता कौशल मिश्रले आफ्नो कार्यक्षमता र पारदर्शितालाई उदाहरण बनाएकी छन्।
तराई–मधेसको कठिन अध्ययन र लोक सेवामा कुनै विशेष कोटा प्रयोग नगरी खुला प्रतिस्पर्धाबाट अघि बढ्न पाउनु महिला नेतृत्वका लागि चुनौतीपूर्ण कुरा हो। संगीताले स्वास्थ्य सेवा क्षेत्रका अनियमितता हटाउँदै पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले भनेकी छन्, “सीमित जिम्मेवारी मात्र होइन अब नीतिगत तहको सुधारमा ध्यान दिनुपर्छ। कसैसँग दुष्भाव नराखी सहकार्य र हातेमालो गर्दै अघि बढ्नेछु।”
नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदमा कार्यरत महिलामध्ये संगीताले मात्र खुला प्रतिस्पर्धाबाट सहसचिवदेखि अतिरिक्त सचिवसम्मको यात्रा तय गरेकी हुन्। उनको योग्यतालाई प्रधानमन्त्री सुशीला कार्कीले पनि पहिचान गरेकी छिन्।
उनको नेतृत्वमा २०८१ असार २८ मा स्वास्थ्य उपकरण वितरण पारदर्शी बनाउन त्रिपक्षीय सम्झौता सुरु गरिएको थियो। यसअन्तर्गत विभाग, अस्पताल र सप्लायर्स सबै जिम्मेवार बनाइएका थिए। वितरण नभए उपकरण फिर्ता गरेर आवश्यक स्थानमा पठाउने व्यवस्था गरिएको थियो।
सन् २०१७ मा मेडिलक्स सिस्टम्स, हस्पिटेक इन्टरप्राइजेज र लाइफ लाइन ट्रेड इन्टरनेशनलसँग भएको करोडौंको सम्झौता कार्यान्वयन नगरी बिल बुझाइएकोमा उनले कडाइ गर्दै सप्लायर्सलाई प्रत्यक्ष जिम्मेवार बनाइन्।
संगीताले कुनै दल विशेषको चाकरी नगरी कामको पारदर्शितामा सक्रिय रहिनु, उनलाई दलीयरणको चरम परिस्थितिमा पनि चुनौतीपूर्ण स्थिति सामना गर्न बाध्य बनायो। यसकारण, उनलाई केही समय बिदा लिनुपरेको र मन्त्री बन्ने बाटोमा रोकावट आयो।
तर सत्य र कौशलता छोप्न सकिँदैन। प्रायोजित अफवाह र हल्लाले पनि संगीताको नेतृत्व क्षमता र पारदर्शितामा कुनै असर पार्न सक्दैन भन्ने विश्वास गरिएको छ।
डाक्टर संगीता कौशल मिश्रको यात्रा खुलेर प्रतिस्पर्धा, पारदर्शिता र जवाफदेहितामाथि आधारित उदाहरण बन्ने गरी स्वास्थ्य क्षेत्रमा नेतृत्वको नयाँ मार्गनिर्देशनको रूपमा हेरिएको छ।


