शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेतृत्व परिवर्तनकाे चर्को बहसबीच माओवादीकाे पदाधिकारी बैठक आज

आइतबार, असोज ५ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्दैछ। जेन–जी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले जनाएको छ।

जेन–जी आन्दोलनसँगै माओवादीमा नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ। उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनको आवाज चर्को रुपमा उठाए पनि प्रचण्डले भने पद त्याग गर्ने कुनै तयारी नगरेको बुझिएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)मा जस्तै माओवादी केन्द्रभित्र पनि नयाँ पुस्ताले पुराना नेताप्रति आक्रोश पोख्दै नेतृत्व हस्तान्तरणको माग गरिरहेका छन्। तर पुराना नेताहरूले पार्टी नेतृत्व छोड्ने संकेत भने दिएका छैनन्।