शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेन–जीले आगजनी गरेको स्वास्थ्य मन्त्रालयको ऐतिहासिक भवन प्रयोग गर्न अयोग्य

आइतबार, असोज ५ २०८२

काठमाडाैं । भदौ २४ गते जेन–जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले आगजनी गरेको रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ । नेपाली इन्जिनियरिङ इतिहास र  आर्किटेक्टको दृष्टिकोणले सो  भवनलाई विश्वकै नमूनाको रूपमा लिइने गरिन्छ ।

विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरबिनाको नमुना भवनको रूपमा यो भवन रहेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका ईन्जिनियरहरुले गरेको अध्ययनबाट मन्त्रालयको यो भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको हो ।