शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालेन पश्चिमाले खडा गरेका पात्र हुन् : दुर्गा प्रसाईं

बिहिबार, असोज २ २०८२

काठमाडौँ । धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले पछिल्लो सरकार विदेशी शक्तिको षड्यन्त्रबाट बनेको आरोप लगाएका छन् । फेसबुकमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भूमिका र सक्रियताप्रति पनि शंका व्यक्त गरेका छन् ।

प्रसाईंले भनेका छन्, “पश्चिमी प्रभावका कारण देशलाई असहज अवस्थामा पुर्‍याइँदै छ, अब हुने यही हो ।” उनले बालेनले आफूहरूलाई आन्दोलनमा सहभागी नहुन आग्रह गरेको स्मरण पनि गरे ।

उनका अनुसार जेनजी आन्दोलनमा आफू र आफ्ना कार्यकर्ताको संलग्नता थिएन । “मान्छेका घर जलाउनु, सम्पत्ति तोडफोड गर्नु, सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउनु अत्यन्तै दुखदायी हो,” प्रसाईंले भने, “यस घटनामा हाम्रो अभियानको नाम जोडिएको छ, तर हामी राजावादी पनि होइनौँ र यो कार्यक्रममा संलग्न पनि छैनौँ ।”

उनले आन्दोलनको क्रममा घाइते भएका १५० जनालाई आफ्नो हस्पिटल बीएनसीमा निःशुल्क उपचार गरेर घर पठाउएको र अहिले पनि आईसीयूमा १५ जनाको सिरियस स्थितिमा बिना पैसा उपचार गरिरहेको पनि सुनाए ।