काठमाडौँ । नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । भदौ ३१ गते गरिएको निर्णयअनुसार सरुवा असोज १ गतेदेखि लागू हुने भएको हो ।
यस क्रममा अपराध अनुसन्धान कार्यालय, अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । त्यहाँ कार्यरत एसपी रामप्रसाद घर्तीमगरलाई भने कर्णाली प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेतमा सरुवा गरिएको छ ।
त्यसैगरी, अपराध अनुसन्धान शाखा बनेपामा कार्यरत एसपी अनिलकुमार खड्कालाई मधेश प्रहरी गण धनुषा पठाइएको छ । यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेर जिम्मेवारी सम्हाल्दै आएका एसपी अपिलराज बोहरालाई नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं. १ नक्शालमा सरुवा गरिएको छ ।
हेर्नुहाेस् सूची





