काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफूलाई पदलोभी भन्ने आरोपको कडाइका साथ खण्डन गरेका छन्।
उनले भने, “देश दन्दनी जलिरहेको बेला सबै घरभित्र लुकेका थिए, म भने ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिन खोजेको हुँ। खानेपानी र श्रम तथा रोजगार मन्त्रालय दिँदा पनि लोभ देखाएर नलिएको मान्छे हुँ म।”
प्रधानमन्त्री बन्न भारतीय दूतावास जानुपर्ने सुझाव आएको तर आफू त्यसबेला हच्किएको पनि साम्पाङले स्मरण गरे। “मलाई ‘भारतीय दूतावास जानुपर्छ’ भनियो, तर म हच्किएँ,” उनले बताए।
साम्पाङको दाबीअनुसार, आफूलाई श्रम तथा खानेपानी दुई मन्त्रालय हेर्ने प्रस्ताव आएको थियो तर उनले अस्वीकार गरेका थिए।