काठमाडौं । पाकिस्तानले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएकामा बधाई दिएको छ।
पाकिस्तानी प्रधानमन्त्री शेहेबाज सरिफले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन कार्कीसँग सहकार्य गर्न तत्पर रहेको जानकारी दिएका छन्।
शुभकामना सन्देशमा उनले नेपाली जनताको शान्ति र प्रगतिको कामना समेत गरेका छन्।