शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अत्यावश्यक संस्थामाथि योजनावद्ध षड्यन्त्र हो कि भन्ने आशंका छ : प्रधानमन्त्री कार्की

आइतबार, भाद्र २९ २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले २७ घण्टा चलेको जेनजी आन्दोलनमा व्यापक जनधनको क्षति भएको बताउँदै सत्य तथ्य छानबिन र दोषीमाथि कारबाही गर्नुपर्ने धारणा राखेकी छन्।

पदभार ग्रहणपछि बोल्दै कार्कीले यो घटना योजननावद्ध षडयन्त्र हो कि भन्ने आफूलाई आशंका रहेको बताइन् । ‘प्रहरी, अदालत, सिंहदरबारजस्ता देशका अत्यावश्यक संस्थाहरुमाथि छानि छानि प्रहार भयो । मलाई त योजनतावद्ध रुपमा षडयन्त्र भएको हो कि जस्तो लागेको छ,’ उनले भनिन्।

उनले आन्दोलनमा प्रदर्शनकारीदेखि प्रहरीसम्मको मृत्यु भएको र सरकारी संरचना तथा अभिलेख पूर्णरूपमा नष्ट भएको जानकारी दिइन्।

कार्कीले घटनालाई पहिलोपटक मुलुकका अत्यावश्यक संस्थामै लक्षित हिंसा भएको र अनुहार देखाउन नसक्ने गरी योजना अनुसार गराइएको बताइन्।

उनले यसमा संलग्न व्यक्तिहरूलाई नेपाली भन्न नसकिने भन्दै आवश्यक छानबिन, कारबाही र पुनर्निर्माणमा नागरिकको सहयोग मागिन्। प्रधानमन्त्री कार्कीले जिम्मेवारी स्वीकारेकी र छ महिनापछि हस्तान्तरण गर्ने अठोट दोहोर्याइन्।