काठमाडौं । भदौ २३–२४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृतकको विवरण सार्वजनिक गर्दै ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेको जानकारी दिएका छन्।
सरकारले मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ भने आन्दोलनमा घाइते भएका सबैको निस्शुल्क उपचार सुनिश्चित गर्ने निर्णय पनि गरिएको छ।
मुख्यसचिव अर्यालले युवा पुस्ताको माग अनुसारका काम गर्न निजामती प्रशासन तयार रहेको बताए।