काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बिहान सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरेकी छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त कार्कीले आज बिहान लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरेपछि पदभार सम्हालेकी हुन्।
कार्कीले सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हालेकी हुन् । जेनजी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।