काठमाडौं । दशैंमा घर फर्किने यात्रुका लागि अग्रिम टिकट बुकिङ कहिले खोल्ने भन्ने विषयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाबीच छलफल हुँदैछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार वर्षा, सुरक्षा अवस्था र जेनजी आन्दोलनपछिको स्थिति मूल्याङ्कन गरेर मात्रै निर्णय हुने छ।
सुरक्षित र यात्रुमैत्री वातावरण सुनिश्चित भए व्यवसायीहरू अग्रिम टिकट खुलाउन तयार रहेको उनले बताए। यस वर्ष दशैंको टीका असोज १६ गते पर्छ।