शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रेशम चौधरीले गरे नयाँ दल गठन गर्ने घोषणा

आइतबार, भाद्र २९ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ दल गठन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पुरानो पार्टी छोडेर ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ स्थापना गर्ने बताएका हुन्।

चौधरीले आफूलाई साथ दिने सबैलाई आह्वान गर्दै, “मेरो कुनै व्यक्तिगत दुस्मनी छैन, मेरो दुस्मनी देशका राष्ट्रिय फटाहहरुसँग छ,” भनेका छन्। उनले पार्टी भित्रैका मतभेदका बाबजुद नयाँ दललाई नयाँ राजनीतिक विचार र भावना स्थापनामा केन्द्रित गरिने उल्लेख गरे।

आफैंले पुरानो दलको गीत, विधान र विचार निर्माण गरेको स्मरण गर्दै चौधरीले व्यक्तिगत अहंकारका कारण नयाँ बाटो लिन बाध्य भएको स्पष्ट पारे। संसदमा राजीनामा दिएर पुनः फर्कनेहरूसँग सम्झौता नहुने उनको भनाइ छ।

नयाँ दलमा स्वागत गर्दै चौधरीले नागरिक उन्मुक्ति पार्टीलाई धन्यवाद ज्ञापन गरेका छन्।