बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुशीला कार्कीको सिफारिस सकारात्मक : पूर्वप्रधानमन्त्री भट्टराई

शुक्रबार, भाद्र २७ २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस हुनु सकारात्मक कदम भएको बताएका छन्।

शुक्रबार  जारी वक्तव्यमा उनले कार्कीलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्नेमा जोड दिएका छन्। भट्टराईले भनेका छन्, “वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो अन्त्य गर्नुपर्छ। त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि संविधानविद्हरू र जानकारहरूको सल्लाहमा तय गर्नुपर्छ।”

उनले २०६९ सालमा खिलराज रेग्मीलाई प्रधानमन्त्री नियुक्त गरिएको नजिर हालको परिस्थितिसँग मेल नखाने दाबी गरेका छन्। “त्यस बेला अन्तरिम संविधानमै राजनीतिक सहमतिका आधारमा निर्णय गर्न सकिने प्रावधान थियो। राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी)बीचको सहमति बुझ्नुपर्छ भन्ने स्पष्टीकरण पनि त्यहीँ राखिएको थियो,” वक्तव्यमा भनिएको छ।

भट्टराईका अनुसार अहिलेको संविधान निर्वाचित संविधानसभाले निर्माण गरेको स्थायी संविधान भएकाले त्यस्तो प्रावधान छैन। उनले ‘जेनजी’ आन्दोलनकारीलाई यसबारे संवेदनशील भएर सोच्न पनि आग्रह गरेका छन्।