काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई लिएर नेपाली सेनालाई विभिन्न विषयमा जोडेर टीकाटिप्पणी नगर्न सेनाले आग्रह गरेको छ।
सेनाले विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सबै जानकारी नियमित रूपमा सार्वजनिक गर्दै आएको भन्दै भ्रामक वा झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको हो।
यससँगै सेनाले सूचना आदानप्रदानका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसहित स्थानीय तहमा पनि समन्वय गर्न सकिने जनाएको छ।

