शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोमल वलीको स्टाटस : गीत गाएर समाचार पढेर जोडेको थिएँ यसमा मेरो के दोष देख्यौँ ?

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । पूर्वसांसद तथा गायिका कोमल वलीले जेन–जी आन्दोलनका क्रममा आफ्नो घर र व्यवसायमा भएको क्षति प्रति गहिरो पीडा व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत् उनले आफ्नो अनुभव सार्वजनिक गर्दै आन्दोलनको नाममा गरिएका विनाशकारी कार्यप्रति आलोचना गरिन्।

गायिका वलीका अनुसार, आफ्नो पसिना र ऋणमा बनाएको सानो होटल र घर आगलागीमा परेर नष्ट भएको छ। उक्त होटल गाउँमा रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र समृद्धिको बाटो खोल्ने उद्देश्यले सञ्चालित थियो। उनले भने, “यो मेरो मात्र होइन, गाउँको रगत–पसिनासँग जोडिएको थियो।”

उनलेले २० वर्षअघि रेडियो नेपालमा काम गरेर जम्मा गरेको जग्गामा बनाएको घरमा किताब, व्यक्तिगत स्मृति, ऐतिहासिक सामग्री जलेको र परिवार विशेष गरी छोरीका प्रिय खेलौनाहरू समेत नष्ट भएको जानकारी दिइन्।

उनले जेन–जी आन्दोलनको मूल उद्देश्यप्रति गर्व व्यक्त गर्दै भनेकी छन्, “तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ? मेरो घर ध्वस्त पार्नु, होटलमा आगो लगाउनु, स्थानीय रोजगारी खोस्नु — के यी परिवर्तनका मार्ग हुन्र”

उनले अघि भनिन्, “अरुको पसिना रगत लुटेर कहिल्यै प्रगति हुँदैन। नियतवश, योजनाबद्ध, भीडमा पसेर गरिएको अपराध हो। मेरो सपना खरानी बनाउन सकिन्छ, तर मेरो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन सकिँदैन।”

उनले आन्दोलनका क्रममा शहिद र घाइतेहरूप्रति श्रद्धा र शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै, कानूनको कठघरामा सबैले जवाफ दिनुपर्ने चेतावनी समेत दिइन्।

कोमल वलीले आफ्नो जीवन ईमान, निष्ठा र सेवाभावमा अडिएको भन्दै, आफ्नो योगदानप्रति प्रश्न उठाउने व्यक्तिहरूलाई इतिहासले धिक्कार्नेछ भन्ने स्पष्ट अपिल गरेकी छन्।