काठमाडौं । मुलुकका विभिन्न कारागारहरूमा कैदीबन्दी पलायन भइरहेका बेला रामेछाप कारागारमा सेनाले चलाएको गोली लागी दुई कैदीको मृत्यु भएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैदीबन्दीहरूले बाहिर निस्कनपाउनुपर्ने भन्दै आन्दोलन गर्दा अवस्था नियन्त्रणबाहिर गएपछि झडप भएको हो । सेनाले चलाएको गोली लागेर दुई कैदीको मृत्यु भएको र १२ जना घाइते भएको पुष्टि गरिएको छ ।
यस्तै, अहिले देशभरका कारागारहरूबाट कैदीबन्दी भाग्ने क्रम तीव्र बनेको छ ।