शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालकोटस्थित ओलीको निवासमा आगजनी

मंगलबार, भाद्र २४ २०८२

 काठमाडौं । जेन–जी आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ।

मंगलबार बिहान ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा प्रवेश गर्दै आगजनी गरेका हुन्।

यस्तै, ललितपुरको मन्त्री क्वार्टरमा पनि आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।

सुरक्षाकर्मीले नियन्त्रण गर्न खोजेपनि आक्रोशित युवाहरू रोकिएका छैनन्।

यसअघि सोमबार भएको जेन–जी प्रदर्शनमा प्रहरी दमनका कारण १९ जनाले ज्यान गुमाएका थिए। त्यसयता देशभर आन्दोलन थप चर्किंदै गएको छ।