शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवा निवासमा आगजनी, कहाँ छन् देउवा ?

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आज बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्।

मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले घरभित्रै आगो लगाइदिएका हुन्। केही समयअघि देउवा आफ्नो निवासबाट निस्किएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न निस्किएका थिए। तर हाल उनी कहाँ छन् भन्ने खुलेको छैन।

आगजनीपछि सो क्षेत्र तनावग्रस्त बनेको छ भने सुरक्षा बल परिचालन गरिएको छ।