काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको छ।
प्रहरीको गोली लागेर दुई जना युवा गम्भीर घाइते भएका छन्। उनीहरूको पेटमा गोली लागेको बताइएको छ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो।
अहिले झापाको मुख्यबजार बिर्तामोडको मुक्तिचोकमा भेला भएका जेनजीले सडकमा अवरोध गरेका छन् ।
उनीहरूले मुक्तिचोकमा रहेको प्रहरीको अस्थायी विट जलाइ दिएका छन् । आन्दोलनकारीले एमाले झापाको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेको छ ।