शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

जेनजी पुस्ताले सुरू गरेको आन्दोलन देशभर फैलँदैछ।

काठमाडौंबाट सुरू भएको आन्दोलन सोमबार नै सातै प्रदेशका मुख्य सहरमा फैलिएको थियो। आज बिहानदेखि जिल्ला-जिल्लामा प्रदर्शन हुन थालेको छ।

सोमबार काठमाडौं र इटहरीमा भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।