शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेन-जी आन्दोलनका युवा विद्यार्थीको मृत्युप्रति संवेदनशील हुन पूर्वराष्ट्रपति भण्डारीकाे अपिल

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेन–जी’ पुस्ताको प्रदर्शनको क्रममा गोली प्रहारबाट युवा विद्यार्थीहरूको निधन हुनु निकै मर्माहत बनाएको बताएकी छिन्।

भण्डारीले जारी गरेको विज्ञप्तिमा नवपुस्ताको भावना र मर्मलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्न आवश्यक रहेको औँल्याइन्।

उनले सरकार, राजनीतिक दलहरू र सम्बन्धित सरोकारवालाहरूसँग आग्रह गर्दै आन्दोलनरत युवाले राखेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्नुपर्ने बताएकी छन्।