शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चितवनमा १२ बजेदेखि कर्फ्यू

मंगलबार, भाद्र २४ २०८२

चितवन  । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, पूर्वतर्फ केन्द्रीय बस टर्मिनल, पश्चिमतर्फ नारायणी नदीको पुल, उत्तरतर्फ पोखरा बसपार्कदेखि विशालचोक, र दक्षिणतर्फ त्रिचोकसम्मको क्षेत्रलाई चार किल्ला तोकी कर्फ्यू लागू गरिएको छ।

कर्फ्यू मंगलबार मध्याह्न १२ बजेदेखि अर्को आदेश नआएसम्म जारी रहनेछ।

कर्फ्यूको अवधिमा अत्यावश्यक सेवा सञ्चालनका लागि एम्बुलेन्स, दमकल, शव वाहक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई आवागमनमा सहजीकरण गरिने प्रशासनले जानकारी दिएको छ।

साथै, हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनमा पनि सहजीकरण गरिने उल्लेख गरिएको छ।