शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कर्फ्युका बाबजुद काठमाडौंका अधिकांश स्थानमा टायर बालेर प्रदर्शन

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । नयाँ पुस्ता जेन–जीको आन्दोलनको विरोध स्वरूप आज देशभर युवा प्रदर्शनमा उत्रिएका छन्।

कर्फ्यू आदेश जारी भए पनि काठमाडौं उपत्यका र अन्य जिल्लाहरूमा प्रदर्शन जारी छ। काठमाडौं उपत्यकामा चक्रपथभित्र कर्फ्यू लागू गरिएको छ, तर प्रदर्शन रोकिएको छैन।

उपत्यकामा ललितपुरस्थित सञ्चारमन्त्रीको घरमा आगजनी भइसकेको छ। सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा पनि प्रदर्शन बिहानैदेखि जारी छ।