शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रचण्डको निवासमा प्रदर्शनकारीको तोडफोड प्रयास

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । उपत्यकामा जेन–जी पुस्ताको दोस्रो दिनको आन्दोलन कर्फ्यूका बाबजुद अझ उग्र बनेको छ। प्रदर्शनकारीहरूले केही नेताका घर र निवासमा तोडफोड गर्ने प्रयास गरिरहेका छन्।

यसै क्रममा एक समूह माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ। सुरक्षा अधिकारीका अनुसार, प्रदर्शनकारीहरू गेट तोडफोड गर्दै भित्र पस्ने तयारीमा छन्।