काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डाकेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।
माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार, बैठकले हिजोको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकमा प्रधानमन्त्रीले युवाहरूको मागलाई सम्बोधन गर्दै समस्याको समाधान गर्न मार्गप्रशस्त गर्नुपर्ने पनि बताइएको छ।