काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी युवापुस्ताको आन्दोलनमाथि गरिएको दमनप्रति गहिरो मर्माहत व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी लिएर तुरुन्त पद छोड्नुपर्ने बताएका छन्।
थापाले भने, “अबोध युवाहरू अनावश्यक रूपमा मारिएको क्रुर दृश्य मेरो आँखाअगाडि लगातार घुमिरहेको छ। म जस्तै देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीले रातभर सुत्न सकेका छैनन्।”
उनले नेपाली कांग्रेसले अब यो परिस्थितिको सांक्षी र साझेदारको रूपमा बस्नु नहुने भन्दै पार्टीले तत्काल सरकारबाट फिर्ता हुने निर्णय गर्नुपर्ने बताएका छन्। साथै, उक्त निर्णय पार्टीको बैठकमार्फत गराइने जानकारी पनि उनले सार्वजनिक गरेका छन्।