काठमाडौं । सोमबार भएको जेन-जी पुस्ताको प्रदर्शनमा १९ जनाको मृत्यु भएपश्चात मंगलबार बिहानदेखि बानेश्वरस्थित संसद भवन अगाडि मानिसहरू भेला हुन थालेका छन् ।
उनीहरूले प्रधानमन्त्री र सरकारविरूद्ध नाराबाजी गर्दै आफ्नो विरोध जनाइरहेका छन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, “केही मानिसहरू हेर्नका लागि भेला भएका हुन्। उनीहरूको गतिविधि अनुगमन गर्दैछौं।”
यसैबीच, प्रशासनले मंगलबार बिहान साढे ८ बजेदेखि काठमाडौंको चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
सोमबारको आन्दोलनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ।