काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिँदै बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बताए ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सोमबार भएको जेन–जी प्रदर्शनका विषयमा छलफल हुने बताइएको छ, जसमा १९ जनाले ज्यान गुमाएका थिए ।