शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सात देशका दूतावासद्वारा अपिल : जेन-जी आन्दोलनपछि अधिकतम संयमता अपनाउन आग्रह

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि काठमाडौंमा रहेका अमेरिकासहित सात देशका दूतावासले संयुक्त वक्तव्य जारी गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन अपिल गरेका छन् ।

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, “हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न र यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।”

यसअघि, संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले पनि शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान गर्न र सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको थियो ।