काठमाडौँ । जेनजी आन्दोलन भड्किएसँगै प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा आगो लगाएका छन्, जसले फैलिन थालेको छ।
संसद भवनमा सुरक्षा तयारीको अभावका कारण गेटमा लागेको सानो आगो निभाउने तत्काल उपाय नभएको छ। घटनास्थलमा रहेका पत्रकारका अनुसार दमकल समयमै पुग्न नसकेकाले आगो फैलिरहेको छ।
प्रहरीले आफ्नो हातमा भएको वाटर क्यानल संसद भवनभन्दा टाढा राखेको कारण आगो नियन्त्रणमा लिन कठिनाइ भएको छ।