शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेनजीको प्रदर्शन माइतीघरबाट बानेश्वरसम्म

सोमबार, भाद्र २३ २०८२

काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आज नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट बानेश्वरसम्म आइपुगेको छ।

प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लगाउँदै बानेश्वर पुगेका छन्। यहाँ प्रहरीले प्रदर्शनकारीलाई ब्यारिकेड लगाएर रोकेको छ। प्रदर्शनकारीहरूले हातमा नारा सहितका विभिन्न प्लेकार्ड पनि बोकेका छन्।

माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले सुशासनको पक्षमा आवाज उठाएका हुन् । प्रदर्शनमा विद्यार्थीह यूनफिर्ममै सहभागी भएका छन् ।

‘जेन–जी’ युवाहरु केही नेता र मन्त्रीको फोटो भएको प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुको फोटो र विभिन्न प्रकारका नारा लेखिएका प्लेकार्ड देखाएर उनीहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा कलाकार र अभियन्ताहरूको साथ र समर्थन रहेको छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले समेत जेनजी पुस्ताको आन्दोलनमा आफ्नो भरपुर समर्थन रहेको बताएका थिए ।