काठमाडौं । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक बन्द भएको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले केही बेरअघि फेसबुक बन्द गरेका हुन्। अहिले प्रयोगकर्ताले फेसबुक चलाउन नसक्ने अवस्था भएको छ।
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका अनुसार प्रक्रिया सुरु भइसकेको छ र सबै प्रदायकमार्फत पूर्ण रूपमा बन्द हुन केही समय लाग्नेछ।
सरकारको निर्देशनअनुसार सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढाइएको हो।