काठमाडौँ । न्याय सेवा आयोगको बुधबार बसेको बैठकले १७ सहसचिव र १३ उपसचिवको सरुवा गर्ने निर्णय गरेको छ।
निर्णयअनुसार सहसचिव जितेन्द्रबाबु थपलियालाई न्याय परिषद् सचिवालयमा सरुवा गरिएको छ। उनी विशेष अदालतको रजिष्ट्रार पदमा दरबन्दीमा रहे पनि हालसम्म न्याय परिषद् सचिवालयमा काजमा कार्यरत थिए।
त्यसैगरी, सहसचिव श्रीलाल पौडेललाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ। पौडेल सर्वोच्च अदालतमै काजमा कार्यरत रहेकामा उनको स्थायी दरबन्दी उच्च अदालत पाटनमा थियो।
सहसचिव वेदप्रसाद उप्रेती भने विशेष अदालतकै रजिष्ट्रार पदमा काजमा रहेकै स्थानमा सरुवा भएका छन्।




