शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अनुमति नलिएका सामाजिक सञ्जाल र ओटिटीमाथि रोक लगाउन सर्वोच्चको परमादेश

बिहिबार, भाद्र १९ २०८२

काठमाडौं । सर्वोच्च अदालतले कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटिटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन दायर भएको रिटमा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार दुईवटा रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागबमोजिम परमादेश जारी गरेको हो ।

२०७७ पुसमा अधिवक्ता विपी गौतमले विदेशी विज्ञापनसहितका सामाजिक सञ्जाल प्लेटफर्महरू निर्वाध प्रसारणमा रोक लगाउन माग गर्दै रिट दायर गर्नुभएको थियो ।

त्यस्तै, नेपाल केबल टेलिभिजन महासंघका महासचिव मनोज गुरुङले पनि अर्को निवेदन दिनुभएको थियो । रिट निवेदनमा अनधिकृत ओभर दी टप ओटिटी तथा युट्युबलगायत इन्टरनेट ब्राउजरमा भएका अनधिकृत प्रसारण सेवाहरूलाई रोक्न परमादेश माग गरिएको थियो ।