तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा ३२ वर्षीय विजय थापाको मृत्यु भएको छ भने अर्का स्कुटर चालक १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आएको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
मृतक थापाको दमौलीस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने घाइते क्षेत्रीलाई पोखरामा उपचारका लागि पठाइएको छ ।