शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नवलपुरमा कन्टेनर-ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बुधबार, भाद्र १८ २०८२

नवलपुर । नवलपुरको देवचुली–१५ लोकाहामा गए राति भएको कन्टेनर र ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्व–पश्चिम राजमार्गमा आपसमा ठोक्किँदा कन्टेनर चालक पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आज बिहान भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उनको मृत्यु भएको हो ।

दुर्घटनामा कन्टेनरका सहचालक चितवन राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरी बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङ गम्भीर घाइते भएका छन् । उनीहरूको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।