शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्वोच्च अदालतसहित विभिन्न अदालतका फैसला अध्ययन गर्न बारद्वारा समिति गठन

बुधबार, भाद्र ११ २०८२

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतसहित विभिन्न अदालतका फैसला अध्ययन गर्न समिति गठन गरेको छ।

बार कार्यसमितिले वरिष्ठ अधिवक्ता तथा न्यायपरिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। समितिमा डा। सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत सदस्य रहेका छन्।

बार अध्यक्ष विजय मिश्रका अनुसार कानूनी सिद्धान्त विपरीत, विवादास्पद तथा नजीरसँग बाझिएका फैसलाको अध्ययन गरी प्रतिवेदन तयार पार्ने उद्देश्यले समिति गठन गरिएको हो।

बार निर्वाचनका क्रममा लोकतान्त्रिक र प्रगतिशील दुवै समूहका कानुन व्यवसायीहरूले आफूहरू निर्वाचित भएमा यस्तो समिति गठन गर्ने घोषणा गरेका थिए। बारले ३० साउनमा गरेको निर्णय मंगलबार सार्वजनिक गरिएको हो।