काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन आगामी भदौ ११ गते हुने भएको छ।
सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएका छन्।
समितिको सभापति चयनका लागि उम्मेदवारी दर्ता, मनोनयन र मतदान सोही दिन सम्पन्न हुने तालिका अनुसार तय भएको छ। समितिको सभापति चयनमा ढिलाइ हुँदा केही महत्त्वपूर्ण विधेयकको छलफल प्रभावित भएको थियो।
समिताको सभापति पदमा विभिन्न दलका सांसदले उम्मेदवारी दिने सम्भावना रहेको छ। प्रमुख दलबीच सहमति नजुट्दा निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
यसअघि समितिका सभापति रामहरि खतिवडाले साउन २९ गते राजीनामा दिएका थिए। खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान छेडखानी प्रकरणको कारण राजीनामा दिएका थिए ।