काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग हमासद्वारा बन्धक बनाइएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले भेट गरेका छन्।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा उनीहरू केही दिनअघि इजरायल पुगेका थिए, जहाँ जोशी परिवारले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूसँग भेटघाट गरेका थिए। परिवारले विपिनको अवस्था अन्तर्राष्ट्रियस्तरमा उजागर भएको उल्लेख गर्दै छिटोभन्दा छिटो उनको रिहाइका लागि पहल गरिदिन आग्रह गरे।
आमा पद्माले आफ्नो छोरा निर्दोष विद्यार्थी भएको र मानवीय दृष्टिकोणबाट पहल आवश्यक रहेको बताइन्। सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको मुक्तिका लागि आफूले थप पहल गर्ने आश्वासन दिएका छन्।