शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भियतनामकी उपराष्ट्रपति सुआन शनिबार नेपाल आउँदै

शुक्रबार, भाद्र ६ २०८२

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीन दिने औपचारिक भ्रमणका लागि शनिबार नेपाल आउँदैछिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा हुने यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सुआन भदौ ७ देखि ९ गतेसम्म नेपालमा रहनेछिन्। भियतनामतर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो।

भ्रमण क्रममा भदौ ८ गते काठमाडौंमा उपराष्ट्रपति यादव र सुआनबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। यसैगरी उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जनाए।

यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएकाले यो भ्रमणलाई अझै अर्थपूर्ण मानिएको छ। उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्कने कार्यक्रम छ।