काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ।
बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधेयकमाथि असन्तुष्टी जनाएका छन्।
समितिका सचिव शिवदत्त बराल का अनुसार, समय नपाएपछि माओवादी केन्द्रका सांसदहरू छलफलबाट बाहिरिएका हुन्। उनीहरूले आवश्यक परे फरक मत (dissenting opinion) लेखेर शुक्रबार पेश गर्न सक्ने व्यवस्था समितिले बनाएको छ।
बैठकमा माओवादी सांसद रुपा चौधरी र रास्वपाका सांसद अशोककुमार चौधरी ले विधेयकमा आफ्ना धारणा राख्न समय माग गरेका थिए। तर समितिले बहुमतमा विधेयक पारित गर्ने निर्णय गरेपछि उनीहरू बैठकबाट बाहिरिएका हुन्।