शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निजी विद्यालयहरूको ५ बुँदे मागसहित आन्दोलन सुरु

बिहिबार, भाद्र ५ २०८२

काठमाडौं । विभिन्न ५ बुँदे माग राख्दै निजी विद्यालय सञ्चालक संघहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्।

सरकारले विद्यालय शिक्षासम्बन्धी नयाँ नीतिगत निर्णयमा आफूहरूको सहभागिता र माग सम्बोधन नगरेको आरोप लगाउँदै उनीहरूले चरणबद्ध आन्दोलन थाल्ने घोषणा गरेका हुन्।

आज बिहानैदेखि माइतीघर मण्डलामा निजी विद्यालयका प्रिन्सिपलहरू व्यानरसहित भेला भए। त्यसपछि उनीहरूले नयाँबानेश्वर चोकसम्म न्याली प्रदर्शन गर्दै पुनः माइतीघर फर्किएर कोणसभा गर्ने तयारी गरेका छन्।

निजी विद्यालयहरूको ५ बुँदे प्रमुख माग

शिक्षा नीतिमा सहभागिता सुनिश्चित – निजी विद्यालयसम्बन्धी नीति बनाउँदा सरोकारवालाको सहभागिता अनिवार्य गरिनुपर्ने।

कर संरचना पुनःव्यवस्था – निजी विद्यालयमाथि लगाइएका दोहोरो कर तथा अतिरिक्त आर्थिक बोझ हटाउनुपर्ने।

शुल्क संरचना स्वतन्त्रता – विद्यालयको स्तर र सेवा अनुसार शुल्क निर्धारण गर्न स्वतन्त्रता दिनुपर्ने।

कर्मचारी व्यवस्थापनमा स्वायत्तता – शिक्षक–कर्मचारी नियुक्ति, तलब र सुविधा विद्यालयमै निर्धारण गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने।

निजी क्षेत्रको योगदानको सम्मान – सरकारी नीतिमा निजी शिक्षाको योगदानलाई औपचारिक मान्यता दिइनुपर्ने।