शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

बुधबार, भाद्र ४ २०८२

काठमाडौं । आज प्रतिनिधिसभामा तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।

सभामुखको सचिवालयका अनुसार नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री स्वास्थ्य कारणले संसदमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।

यससँगै आजका लागि तोकिएको प्रश्नोत्तर कार्यक्रम रोकिएको हो।