शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वडा अध्यक्ष साहको निधन

बुधबार, भाद्र ४ २०८२

सप्तरी । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ ।

अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताए ।

जनता समाजवादी पार्टीबाट निर्वाचित उनले तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् ।