शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

बुधबार, भाद्र ४ २०८२

काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को २०८१ चैत १७ गतेको निर्णयअनुसार सरकारी तथा सार्वजनिक संस्थामा बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए।

यस अवसरमा बिहीबारसम्म प्रभातफेरि लगायत विभिन्न कार्यक्रम गरी दिवसलाई उत्सवका रूपमा मनाइने उनले बताए।