बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सर्वोच्च पदमा पुगिसकेकाले पुनः राजनीतिमा फर्कनु उचित हुँदैन : महासचिव पोखरेल

बुधबार, भाद्र ४ २०८२

सिन्धुपाल्चोक  । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्किनु उचित नहुने बताएका छन्।

पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उनले त्यस्तो पदमा पुगेकाले राजनीतिबाट अलग रहनुपर्नेमा पार्टीको निष्कर्ष रहेको बताए।

महासचिव पोखरेलले एमालेलाई कमजोर पार्ने प्रयास भइरहेकाले नेता–कार्यकर्ताले एकताबद्ध भएर संगठन सुदृढ बनाउनुपर्नेमा जोड दिए। साथै उनले “७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन हुँदैन” भन्ने धारणा भ्रम मात्र भएको टिप्पणी गरे।

बैठकमा ७४५ भन्दा बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी भएको जिल्ला सचिव कृष्णगोपाल तामाङले जानकारी दिए। बैठकले १० बुँदे मेलम्ची घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, नेता शेरबहादुर तामाङलगायतको उपस्थिति थियो।