आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौंमा सार्वजनिक स्थानमा धुम्रपान गरेबापत जरिवाना सुरु

सोमबार, भाद्र २ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यक्तिहरूबाट आइतबारदेखि जरिवाना उठाउन सुरु गरिएको छ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार हालसम्म १७ जनाले ५००–५०० रुपैयाँ जरिवाना तिरेका छन्, जसबाट कुल ८ हजार ५०० रुपैयाँ संकलन भएको छ।

उनले भने, “सार्वजनिक स्थानमा धुम्रपान नगर्न साउन मसान्तसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थियौं। हिजोदेखि नियम उल्लङ्घन गर्नेहरूबाट जरिवाना लिने व्यवस्था लागू गरेका छौं।” जरिवाना तिर्नका लागि नगर प्रहरीसँग क्यूआर कोड प्रणाली उपलब्ध छ; जसले स्क्यान गरेर तत्काल तिर्न सकिन्छ। अनलाइन सुविधा नचलाउनेको हकमा नगर प्रहरीले तत्काल रकम संकलन गर्ने व्यवस्था छ।

महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले भने, “सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ अनुसार सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध छ। महानगरले यही ऐन कार्यान्वयन गर्न लागेको हो। नियम पालना नगर्नु अन्य व्यक्ति र बालबालिकामा असर गर्छ। सुरुमा सम्झाउने कार्यक्रम मात्र सञ्चालन भएको थियो, अब तोकिएको ठाउँ बाहेक धुम्रपान गरेबापत जरिवाना लाग्ने व्यवस्था छ।”